लघु उद्यमशिलता विषयक युवा संवाद कार्यक्रम सम्पन्न

0
पश्चिम सन्देश कोहलपुर :  कोहलपुरमा लघु उद्यमशिलता विषयक युवा संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युवाहरुलाई कसरी लघु उद्यम तिर आकर्षित गर्न सकिन्छ ? र उद्यमशिल बनाई विदेश पलायन भईरहेको युवा जनशक्तिलाई स्थानीय विकासका कामहरुमा कसरी सहभागी बनाउन सकिन्छ भन्ने मुख्य विषय बस्तुमा केन्द्रित रहि छलफल भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत श्री माधव प्रसाद शर्माले युवाहरु परिवर्तनका सम्वाहक भएको हुँदा स्थानीय निकायबाट संचालन हुने कामहरुमा उनिहरुका अर्थपूर्ण सहभागीता गराई स्थानीय विकासका कामहरुलाई द्रुत गतिमा अगाडी बढाउन जरुरी रहेको छ । त्यसका लागी स्थानीय योजना तर्जुमा प्रक्रिया चरणहरुमा नै युवाहरुको अर्थपुर्ण सहभागीता सुनिश्चित गर्नु पर्दछ । भन्नु भयो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जिल्ला युवा समितिको कार्यालय बाँकेका प्रमुख श्री राम सुरेश यादवले जिल्ला युवा समितिले युवाहरुका क्षेत्र भएका गतिविधीहरु, राष्ट्रिय युवा परिषद अन्तरगत भएका युवा सम्बन्धी नीति तथा ब्यवस्थाहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले हालै युवाका लागी सुचना निकालिएको प्रास्तावना आव्हान तथा त्यसका लागी आवश्यक पर्ने कागजात र युवा समूहले पुरा गर्नु पर्ने प्रक्रियाका बारेमा समेत जानकारी गराउनु भएको थियो । त्यसैगरी कार्यक्रममा अर्का विशिष्ट अतिथि मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष श्री भीम वलीले साना साना ब्यवसायहरुको सुरुवात गरी युवाहरु आफै उद्यमी हुन सक्ने कुरामा जोड दिनु भएको थियो । थारै लगानीमा समेत साना उद्योगहरु संचालन गरी उद्यमशिलतालाई अगाडी बढाउन सकिने कुरामा समेत जोड दिनु भएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिका निवासी युवा महिला उद्यमी शारदा शर्माले सहभागीहरु माझ आफ्ना प्रेरक प्रसंगहरुलाई राख्नु भएको थियो । उहाँले २०५८ सालमा १ वटा गाई बाट गाई पालन सुरु गरेको र हाल १५ वटा गाई आफ्नो फार्ममा रहेको जानकारी गराउनु भयो ।  हाल मासिक करिव ७० हजार सम्म आम्दानी हुने गरेको समेत उहाँले जानकारी गराउनु भयो ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उप निर्देशक विक्रमजंग थापा, दलित गैरसरकारी संस्था महासंघ मध्यपश्चिम क्षेत्रीय अध्यक्ष डिल बहादुर परियार लगायत बाँके जिल्लाका विभिन्न १२ वटा गाविसका ४० जना युवाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा इन्रुडेक कोहलपुरका अध्यक्ष धर्मलाल रोकायाले स्वागत मन्तब्य राख्नु भएको थियो र कार्यक्रमको अध्यक्षता जिल्ला युवा क्लब संजाल, बाँकेका सचिव राजन वर्माले गरेका थिए भने कार्यक्रमको सहजीकरण इन्रुडेकका परियोजना संयोजक सुमन विश्वकर्माले गरेका थिए । कार्यक्रम जिल्ला युवा समितिको कार्यालय, बाँके, इन्रुडेक कोहलपुर, राइजिंग आइडल्सको समन्वय र अमेरिकी सहयोग नियोग तथा साझेदारी विकास परियोजनाको सहयोगमा जिल्ला युवा क्लव संजाल, बाँकेले अयोजना गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here