Monday, March 8, 2021
Home प्रवास बाइडेनले अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लीङकेनलाई नियुक्त गर्ने

बाइडेनले अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लीङकेनलाई नियुक्त गर्ने

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले विदेशमन्त्रीमा एन्टोनी ब्लीङकेनलाई नियुक्त गर्ने योजना बनाएका छन् । ब्लीङकेन लामोसमयदेखि विदेश नीतिका सल्लाहकार रहँदै आएका छन् । ओबामा राष्ट्रपति हुँदा उनले उपविदेशमन्त्री र राष्ट्रिय सुरक्षा उपसल्लाहकारका रुपमा काम गरेका थिए ।

उनले ओबामा प्रशासनका बेलामा विदेश नीतिका सन्दर्भमा मुख्य भूमिका खेलेका थिए । क्रिमियामाथि रसियाको आक्रमणको कस्तो प्रतिकृया जनाउनेदेखि ओसामाबिन लादेनमाथिको आक्रमण र आईसीसीबिरुद्धको लडाईमा उनले मुख्य भूमिका खेलेका थिए ।

ब्लीङकेनले बिल क्लिन्टनका पालामा समेत राष्ट्रिय सुरक्षा परिषदमा काम गरेका थिए । उनले युरोप मामलाका लागि बरिष्ठ निर्देशकका रुपमा समेत काम गरेका थिए । उनी क्लिन्टनको विदेश नीतिबारे भाषण लेख्ने प्रमुख व्यक्ति समेत थिए । ट्रम्पले बिभिन्न देशसँग बिगारेको सम्बन्ध सुधार गर्दै अमेरिकी विदेश नीतिलाई सुदृढ गर्नु उनको मुख्य भूमिका हुनेछ ।

५८ बर्षका ब्लीङकेन मध्यमार्गी व्यक्तित्वका रुपमा परिचित छन् । पेरिसमा हाइस्कुलको अध्ययन गरेका उनले हार्भर्डबाट अण्डरग्रयाजुएट डिग्री हासिल गरेका थिए । त्यस्तै कोलम्बियाबाट कानूनको विषयमा डिग्री हासिल गरेका थिए । उनका पिता डोनाल्ड पनि हार्भर्ड ग्रयाजुएट हुन्, जसले हंगेरीका राजदूत भएर समेत काम गरेका थिए ।

ब्लीङकेनले पत्रकार र वकिलका रुपमा काम गरेका थिए । उनी बाइडेनको चुनावी अभियानमा विदेश नीतिको मुख्य अनुहार रहेका थिए । उनले इरान आणविक सम्झौतामा अमेरिकाको पुन प्रवेशका लागि समेत वकालत गर्दै आएका छन् ।

बाइडेनले आजै आफ्नो मन्त्रिपरिषदका केही सदस्यको नाम घोषणा गर्ने जनाइएको छ । साथै बाइडेन केही मुख्य पदमा छनौट गरेका व्यक्तिको नाम समेत घोषणा गर्ने जनाइएको छ । बरिष्ठ कुटनीतिक लिण्डा थोमस ग्रिनफिल्डलाई राष्ट्रसंघका लागि राजदूतमा छनौट गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मेरो पहिलो रजस्वला

सर्वप्रथम यो ब्लग पढिरहनुभएका तमाम महिला दिदीबहिनीहरुलाई मेरो एउटा प्रश्न छ- के हामी महिनावारी हुँदा आफ्नो सुत्ने कोठा, भान्सा या कुनै मन्दिरभित्र छिर्छौं? या...

रिसका ५ किसिम र नियन्त्रण गर्ने तरिका

रिस ज्यादै शक्तिशाली भाव हो। मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका...

बाँके प्रशासनमा एसीसहितको ‘सेवाग्राही कक्ष’ स्थापना

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका...

आफ्नै श्रीमतीका लागि किम जोङले बनाएका डरलाग्दा नियमहरु

उत्तर कोरियाली शासक किम जोङ उन विश्वमै शक्तिशाली आणविक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत बारम्बार क्षेप्यास्त्र परीक्षण गरेर चुनौति दिँदै आएका...

Recent Comments