बर्दियाली समाजमा रानाभाट

0

बर्दियाली समाज बाँकेको नेतृत्वमा भीम बहादुर रानाभाट चुनिएका छन् । मंगलवार समाजका तदर्थ समिति अध्यक्ष इश्वर पोख्रेलको अध्यक्षतामा बसेको बैठकले दुई वर्षअघि गठित समाज पुनःगठन गरेको हो ।

भीम बहादुर रानाभाट अध्यक्ष रहेको समाजमा उपाध्यक्ष हरि प्रसाद तिमिल्सिना, सचिव टंकनाथ पौडेल, सह सचिव अक्षरी पोख्रेल र कोषाध्यक्ष बिष्णु बहादुर रिमाल चुनिएका छन् ।
समाजको कार्यसमिति सदस्यहरुमा बुद्धि बहादुर बि. क., धर्मेन्द्र बहादुर बोहरा, राम बहादुर शाही, तरुण बज्राचार्य छन् । त्यस्तै चेत नारायण शर्मा, माधव अधिकारी, भगतराम थारु र पुनम पौडेल पनि सदस्य चुनिएका छन् ।
बैठकले संस्थापक अध्यक्ष इश्वर पोख्रेललाई बरिष्ठ सल्लाहकार र बार अध्यक्ष बिकाश आचार्यलाई कानुनी सल्लाहकारमा मनोनीत गरेको अध्यक्ष रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here