निको हुन्छ कोरोनाः आजै ७७ जना घर फर्किए

0

बाँकेका ७७ संक्रमित आज निको भएर घर फर्किएका छन् । जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, निको हुनेमा सबैभन्दा बढी नेपाली सेना र टेलिकमका कर्मचारी छन् । (हेर्नुस् सूची)

बाँकेमा १२ सय ७२ संक्रमित मध्ये बुधवारसम्म निको हुनेमा ९१५ जना पुगेका छन् । मुलुकभर २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
बाँकेमा मंगलवार १४ जना संक्रमित थपिएका थिए । भेरी अस्पताल नेपालगन्जको ल्याबमा बाँकेका १४ जना र बर्दियाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, मंगलवार बाँकेमा थपिएका मध्य एकजना नरैनापुर गाउँपालिकाका हुन भने अर्का एकजना उच्च अदालतका कर्मचारी हुन । बाँकी सबै नेपालगन्जका हुन । यो संगै बाँकेमा जम्मा संक्रमितको संख्या १ हजार २ सय ७१ जना पुगेको छ । जसमध्य ८ सय ३८ जना कोरोना जितेर घर फर्केका छन । हालसम्म बाँकेमा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
बर्दियामा थपिएका १९ जना मध्ये अधिकाँस चौधरी ग्रुपको चाउचाउ कारखानामा काम गर्ने मजदुर हुन । जसमध्य ११ जना बाँसगढी, बढैयातालका २, बारबर्दियाका १ गरी १४ जना बर्दियाका हुन भने बाँकी सिराहा, सुनसरी, मोरङ्ग, नवलपरासी घर भएका व्यक्ति हुन् । बर्दियामा हालसम्म ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । जसमध्य ३ सय २५ जना कोरोना जितेर घर फर्केका छन् । बर्दियामा हालसम्म एक संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here