कुरुप चोक सुन्दर बन्दै

0

लामो विवाद र कथित राजनीतिले चोक सुन्दरीकरण अवरुद्ध रहँदै आएको थियो

परापूर्वदेखिनै नेपालगन्जको मुटुका रुपमा रहेको त्रिभुवन चोकलाई सुन्दर बनाइने भएको छ । आन्दोलनका नाममा त्रिभुवनको शालिक तोडफोड गरेर कुरुप बनाइएपछि झण्डै १५ वर्ष त्यसको मरम्मत सम्हार हुन सकेको थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नै पहलमा गत वर्ष पुनःनिर्माणको काम अगाडी सार्दा विवादले उग्र रुप लिएपछि झनै समस्या बाहिर आएको थियो । अन्ततः संघ ५० लाख खर्च गरेर चोक सुन्दर बनाउने कामबाट बाहिरिएको तत्कालिन अध्यक्ष नन्दलाल बैश्य बताउँछन् ।
तोडिएको त्रिभुवनको शालिक पुनःथापना हुन नदिएपछि शुरु भएको विवादको कथित राजनीतिको कुरुप दृष्यले त्रिभुवन चोकलाई रंगाएको थियो । आइतवारबाट स्तम्भ तोडेर नयाँ बनाउन लागिएको छ । शालिकको विवाद नटुंगिदासम्म आकर्षक राष्ट्रिय झण्डा राखिने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here