७६ करोडबढी खजुराको बजेट पारित

0

खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट संसोधनसहित पारित भएको छ । गत असार १० गते उपप्रमुख एकमाया विकले बजेट अधिवेशन तथा सातौं गाउँसभामा प्रस्तुत गरेको बजेट आज बिहीबार बसेको सभाले पारित गरेको हो ।

सभासद वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले राखेको संशोधनसहित बजेट सर्बसम्मतले पारित गरेको थियोे । बजेट छ्लफलमा सभामा सभासद अतिउल्लाह खां, देउमाया थापा, हजुरा बम, जगबहादुर कामी, झुमा योगीले भाग लिँदै सुझाव दिएका थिए । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले सभा संचालन गर्दै सभासदले राखेको जिज्ञासा मेटाएका थिए । प्रमुख कक्षपतिले खजुरा गाउँपालिकामा निर्वाचन ताका गरिएका १०१ बुँदा घोषणापत्रमा ६५ बुँदा पूरा भएको र अन्य कार्यान्वयनको दिशामा रहेको बताए ।

खजुराको बजेट आर्थिक वर्ष २०७७/०७८ मा ७६ करोड ३६ लाख ७३ हजार ४८७ रहेको छ । यसैबीच खजुरा गाउँपालिकाको सातौं गाउँ सभामा सभासद देवीलाल खनालले अनुगमनको भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित हुँदै उक्त रकम कृषिमा लगानी गरिने भएको छ । ५ लाख सम्मका योजना को अनुगमन वडा अध्यक्षको संयोजकत्वमा गरिने खजुराका सञ्चार सल्लाहकार दुर्गा रोकायाले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here