काठमाडौं – कोरोना भाइरसको महामारीको समयमा रोटरी क्लब अफ काठमाडौं मिड टाउन र पिए नेपालको संयुक्त आयोजनामा रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउनले सोरखुट्टे, काठमाडौं क्षेत्रका करिब ३ सय व्यक्तिको लागि खाना तयार पारेर वितरण गरेको छ । कार्यक्रमको मुख्य अभिप्राय नै सहयोग गर्ने भएकाले यसका लागि “हेल्पिंग हाण्ड” अर्थत “सहयोगी हात” नाम दिईएको छ । यस अन्तर्गत, स्वयंसेवकहरूले खाना तयार पार्ने, खाद्य पदार्थको प्याकेजिंग गर्ने र परिसर सफा गर्ने काम १० दिन सम्म गरेका थिए ।
यस कार्यलाई सफल पार्नेको लागि रोट्रयाक्ट क्लब अफ बुढानिलकन्ठ्, रोट्रयाक्ट क्लब अफ काठमाडौं, रोट्रयाक्ट क्लब अफ कुपन्डोल, रोट्रयाक्ट क्लब अफ स्वयम्भु , रोट्रयाक्ट क्लब अफ पीपुल्स क्याम्पस र रोट्रयाक्ट क्लब अफ काठमाडौं विश्वविद्यालय मेडिकल स्कूलको योगदान रहेको छ ।
रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउनले धेरै किसिमका सामाजिक कार्यहरु तथा च्यारीटी उन्मुख कार्यक्रमहरुमा आवद्ध हुँदै आएको छ । यसले अन्तराष्ट्रिय सामाजिक विकासका संस्थाहरुसँगको सहकार्यमा धेरै कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
कोरोनाको कहर रहदा पनि समाजिक दायित्व लाई आत्मसाथ गर्नुपर्ने मुख्य हेतुले यो कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमको सफलताको मुख्य श्रेय रोटरी क्लब अफ काठमाडौँ मिड टाऊनकी डा चन्द्र लेखा तुलाधरलाई जाने र उहाको यो साथको लागी रोट्रयाक्ट क्लबको प्रतीनिधित्व गर्दै रोट्रयाक्ट क्लब काठमाडौं मिड टाउनकी अध्यक्ष सोनी खनालले आभार प्रकट गर्दै निकट भविष्यमा अन्य कार्यमा पनि सहकार्य जनाउने प्रतिबद्धता ब्यक्त गरिन ।साथै महामारीको यस्तो समयमा पनि समाजमा सहयोगी भावना राख्ने आफ्ना क्लबका साथीहरु प्रति कृतज्ञता ब्यक्त गर्दै सबै युवा बर्गलाई प्रेरित हुन आग्रह गरेकी छिन् ।
Rotaract club of Kathmandu Mid-Town would like to express our gratitude for your excellent coverage of our event helping hand . The positive exposure you gave our firm on your news segment provided the community with a nice introduction to our vision and services. As one of the community based rotaract club, we are indeed grateful for your willingness to include us in your coverage. Please extend our thanks to everyone involved.