गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

0

सिन्धुपाल्चोककी १९ वर्षीया मिना थापा (नाम परिवर्तन)को महिनावारी रोकिएको केही समयपछि नै तल्लो पेट धेरै दुख्न थाल्यो । दुखाइ खप्न नसकेपछि उनी उपचारका लागि धुलिखेल अस्पताल पुगिन् । अस्पताल आउने बेलासम्म उनलाई पेटमा गर्भ छ भन्ने थाहा थिएन । उनको भिडियो एक्सरेलगायतका अन्य परीक्षण गर्दा डिम्बबाहिनी नलीमा गर्भ बसेर नली फुटेको देखियो । त्यही नली फुटेर पेटको दुखाइ भएका कारण धुलिखेल अस्पतालमा शल्यक्रियामार्फत नली फालियो । ती महिलाको शल्यक्रिया प्रा।डा। सुमनराज ताम्राकारको टोलीले गरेको थियो । अहिले ती महिलाको स्वास्थ्य अवस्था सामान्य भैसकेको छ ।

केही महिनाअघि जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उच्च रक्तचाप भएकी गर्भवती महिला जाँच गर्नका लागि आइन् । उनलाई सुरुदेखि नै डा। रिता मरहठ्ठाको टिमले हेरिरहेको थियो । ती महिलाले रक्तचाप नियमित जाँच गरी औषधि खाइरहेकी थिइन् । उनको ब्लडप्रेसर सामान्य अवस्थामा आइसकेको थियो । ९ महिना लागेपछि उनी अस्पताल भर्ना भइन् । चिकित्सकको निगरानीमा रहँदा रहँदै पनि उनको गर्भमा रहेको शिशु खेर गयो । बच्चाको मृत्यु भएलगत्तै आमालाई मस्तिष्कघात भयो । उनको ब्रेनको पनि अप्रेशन भयो तर उनलाई बचाउन नसकिएको मरहठ्ठा बताउँछिन् ।

एक हप्ताअघि काठमाडौंकी २७ वर्षीया महिला गर्भ जाँच गर्न राजधानीको एक अस्पतालमा आइन् । सुरुमा गर्भ जाँच गर्दा चिकित्सकले उनलाई ४ महिना लागेपछि जाँच गर्नका लागि बोलाएका थिए । तर, लकडाउनका कारण उनी जाँच गर्न आइनन् र चिकित्सकले दिएको औषधि पनि नियमित खान छोडिन् । ६ महिनाको गर्भ जाँच गर्न आउँदा उनले बच्चा नचलेको चिकित्सकलाई सुनाइन् । त्यसपछि चिकित्सकले भिडियो एक्स–रे गरेर हेर्दा गर्भमा रहेको शिशुको मृत्यु भैसकेको थियो । पेटमा बच्चाको मृत्यु भैसक्दा पनि उनलाई थाहा भएन । त्यसपछि चिकित्सकको टोलीले हतार–हतार त्यो बच्चालाई निकाले । अहिले ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ ।

माथिका तीन प्रतिनिधि घटनाले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य संवेदनशीलता देखाउँछ । गर्भवती र सुत्केरी अवस्था महिलाका लागि विशेष समय हो । यो बेलामा हुने स(साना गल्तीले आमा र बच्चामा स्वास्थ्य समस्या देखिन सक्छ । यसै पनि कोरोना भाइरस ९कोभिड–१९० को महामारीका कारण नेपाल विगत ३ महिनायता ठप्प छ । मानिसका दैनिक क्रियाकलाप बिथोलिएका छन् । यसको प्रत्यक्ष मारमा गर्भवती र सुत्केरी महिला परेको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रिता मरहठ्ठा बताउँछिन् ।

‘कोभिड–१९ को त्रास, लामो समयको लकडाउन, भौगोलिक कठिनाइ र यातायातको अभाव आदिका कारण गर्भवती महिलाहरूले नियमित जाँच गराउन पाएका छैनन्’, उनी भन्छिन्, ‘नियमित गर्भ जाँच नहुँदा बच्चा र आमाको स्वास्थ्य अवस्थाबारे थाहा हुँदैन । जसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here