६० जना युवाले गरे रक्तदान

0

बाँके । नेपालगन्जमा शनिबार गरिएकाे रक्तदान कार्यक्रममा जिल्लाका ६० जना युवाले सहभागिता जनाएका छन् ।

सामाजिक कार्यमा सक्रिय लायन्स क्लबकाे विभिन्न शाखाहरूकाे समन्वय र डाेनर ग्रुपद्वरा संयुक्त रूपमा गरिएकाे कार्यक्रममा जिल्लाका ६० जना युवाहरूले रक्तदान गरेका हुन ।  बिरामीलाई रगत जतिबेला पनि आवश्यक पर्ने भएकालेे सयुक्त रुपमा मिलेर रक्तदान कार्यक्रम गरिएको आयोजकमध्येकाे लायन्स क्लब अफ नेपालगन्ज बजारका द्वितीय उपाध्यक्ष माेहम्मद राईले जनाकारी दिनुभयाे ।

लामो समयकाे बन्दाबन्दी र त्यसपछिकाे याे विषम परिस्थितिमा जिल्लामा सबै ग्रुपकाे रगत अभाव नभएपनि केही प्रकारका ग्रुपकाे रगत अभाव भने देखिएकाे थियाे ।

जिल्लाका सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएका संघ संस्थाले रक्तदान कार्यलाई यस विषम परिस्थितिमा पनि जारी राखेकाले ठुलाे अभाव भने नभएकाेे भेरी अस्पताल परिसरस्थित रक्तसञ्चार केन्द्रले जनाएकाे छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here