दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ लाई चुनौती दिदै नेपालगंजमा दुधको बिक्रि बितरण भए पनि कारवाही न्यून

0

बाँके । नेपालगंज उपमहानगरपालिका १० स्थित सडक खण्डमा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं ३ बस्ने शत्रुघन कुर्मीले दुधमा सस्कास्पद बस्तु मिसावट गर्न लागेको अवस्थामा पक्राउ गरि ३ क्यान दुध सहित प्रहरीले आवश्यक कारवाहीको लागी खाद्य प्रबिधि तथा गुणस्तर कार्यालयमा बुझाएको छ ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले ३ क्यान दुध बाट प्रयोग शाला बिश्लेषणका लागी नमुना बिश्लेषण लिएको कार्यालय प्रमुख ज्ञानेन्द्र प्रसाद मण्डलले जानकारी दिए । दुध छिट्टै बिग्रने बस्तु भएकाले बरामद भएको दुधलाई अनुसन्धान अवधीभर राख्न सम्भव नभएकोले वडा नं ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता बैश्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रनानी खडक बहादुर मल्ल, उपभोक्ता लगायतका सरोकारवाला निकायका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको कार्यालयकी खाद्य निरिक्षक नेत्रा बोगटीले जानकारी दिईन । नष्ट गर्ने बेलासम्म दुध फाटिसकेको थियो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले दुधको नमुना परिक्षण लिईएको र प्रतिवेदनका आधारमा मुद्धाको कारवाही अगाडी बढ्ने जनाएको छ ।

दुध तथा दुग्ध पदार्थको स्वच्छता एवंम गुणस्तर सम्बन्धी मापदण्ड अनुसार किसानले आफुले उत्पादन गरेको दुध स्वच्छता कायम गरेर २ घण्टा भित्र बजारमा ल्याएर बिक्रि बितरण गर्न पाउने ब्यवस्था भएता पनि निर्देशिका बिपरित पक्राउ परेका शत्रुधन कुर्मिले घरघरबाट दुध खरिद गरि ८८ लिटर दुध ३ क्यानमा राखेर बिक्रि बितरणका लागी बर्दियाबाट नेपालगंजमा ल्याई बिक्रि गर्न लागेका थिए । निजलाई दुधमा सस्कास्पद पदार्थ मिसावट गरेको र दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका बिपरित दुध बिक्रि गरेको बिषयमा अनुसन्धान गरि कारवाही प्रक्रिया अनुगाडी बढाईएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । यसका लागी दुधको नमुना लिई प्रयोगशालामा परिक्षण गरिने र यसको प्रतिवेदनको आधारमा मुद्धाको थप कारवाही अगाडी बढ्ने कार्यालयले जनाएको छ ।

यस क्रममा निज कुर्मिले नेपालगंजमा दुध ल्याई दुध नफाट्ने संस्कास्पद बस्तु मिसावट गर्न लागेको स्थानियले देखे पनि प्रहरीलाई खवर गरि बुझाएका थिए । नेपालगंजको बजारमा भारत लगायत बाँकेका बिभिन्न गाउँबाट दुध संकलन गरेर ल्याई कानूनी मापदण्ड बिपरित सस्कास्पद गुणस्तरको दुध बिक्रि बितरण भईरहे पनि त्यसको प्रभावकारी नियमन र रोकथान हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले बताउनुभयाे ।

नेपाल सरकार कृषि तथा पशुपक्षी बिकाश मन्त्रालयले २०७५/६/४ गते दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ स्वीकृत गरि २०७६ बैशाख देखि कार्यान्वयनमा ल्याएको भएता पनि निर्देशिका बिपरित नेपालगंजमा डेरीका पसलका नाममा धेरैले खुल्ला रुपमा दुधको बिक्रि बितरण भैरहेको र गाउँगाउँबाट दुध जम्मा गरि क्यानमा दुध ल्याएर टोल टोलमा बिक्रि बितरण गरे पनि त्यसको रोकथान हुन नसकेको गौतमले बताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here