राप्तीमा फसेकाको उद्धार

0

बाँके । बाँँकेमा राप्ती नदीमा आएको बाढीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ को सीमामा पर्ने ललहीमा ६ जना र वडा नम्बर २ मा फसेका ५ जना गरी ११ जनाको उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी र रेडक्रसबाट तालिम प्राप्त स्वयंसेवकहरुले शनिबार अबेर राती फसेकाहरुको उद्धार गरेका हुन् । शनिबार नदीमा पानीको सतह खतराको संकेतमाथि पुगेपछि तटीय क्षेत्रमा सतर्कताका लागि साइरन बजाइएको थियो । शनिबार साँझ साढे छ बजे नदीमा पानीको सतह ५ दशमलव ८० मिटर पुगेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अहिले भने नदीमा पानीको सतह खतराको संकेतभन्दा तल पुगेको जानकारी दिनुभयो । यद्दपी नदीमा पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदी आसपासका बासिन्दाहरुलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ भने उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here