विप्लवका तीन कार्यकर्ता पक्राउ

0
फाइल तस्बिर

 

दाङ । प्रतिबन्धित विप्लव नेतृत्व नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी मदन केसी, तुलसीपुर १८ विजौरीका दिनेश वली र जीवन वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका साधा पोशाकका प्रहरी टोलीले बिपल्ब समूहका जिल्ला कमिटी केसीलाई तुलसीपुर ६ बाट बिहीबार बेलुका पौने ६ बजे र वलीद्धय बिहीबार दिउँसो बिजौरीबाट नियन्त्रणमा लिइएको एक प्रहरी अधिकारीले बताउनुभयो ।

पछिल्लो समय दाङमा सडक निर्माण र बालुवा गिट्टी उत्खनन् कार्यमा प्रयोग भएका ६ वटा स्काभेटर, जेसिबी लगायतमा आगजनी भएको थियो ।

तुलसीपुरका ग्वारखोलामा एउटा र राप्ती नदीमा राखिएका ६ वटा त्यस्ता मेसिनमा आगजनी भएपछि प्रहरीले विप्लवका कार्यकर्ता खोज्न सक्रिय बन्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here