यसपालीको एसईई नलिने सरकारको निर्णय, आन्तरिक मुल्यांकनबाट नतिजा

0

काठमाडौं। सरकारले आन्तरिक मूल्यांकनका आधारमा यस पटकको एसईईको नजिता सार्वजनिक गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रीपरिसद बैठकले यसपालीको एसईई विध्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय  गरेको मन्त्रीका एक सहयोगीले बताए ।

यसअघि यस्तो मूल्यांकनका आधारमा नजिता सार्वजनिक गर्दा कानुनी समस्या आउने र विद्यार्थीको प्रमाणपत्रको वैधानिकता उठने भएकाले सकेसम्म परीक्षा गराउने सोचमा रहेका शिक्षामन्त्री गिरिराज मणि पोखरेल कोरोना महामारी तत्काल अन्त्य हुने लक्षण देखेपछि आन्तरिक मूल्यांकन प्रणालीमै जान तयार भएका हुन् ।

शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको पनि आन्तरिक मूल्याङ्कनसहित विभिन्न तीन विकल्प दिएको थियो । कार्यदलको प्रतिवेदनकै आधारमा मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्मा पुर्याइएको हो । यस विषयमा मन्त्रिपरिषदले चाँडै निर्णय गर्ने जनाइएको छ । एसईईको परीक्षाको अन्तिम तयारीमा रहेको बेला कोरोना महामारीले ठूलो रुप लिएपछि गएको चैत पहिलो साता परीक्षा स्थगित गरिएको थियो ।

मन्त्री पोखरेलले प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा पनि माध्यमिक शिक्षासहित विभिन्न तहका परीक्षाका बारेमा आएका तीन विकल्पबारे गृहकार्य गरी सरकारले छिट्टै निर्णय गर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here