बाँकेका शिक्षकका लागि ७ दिने अनलाइन प्राविधिक तालिम शुरु

0

नेपालगञ्ज-
अंग्रेजी शिक्षकहरुको संगठन नेल्टा बाँकेले आजदेखि बाँकेका शिक्षकहरुका लागि सात दिने प्राविधिक क्षमता बिकास तालिम संचालन गरेको छ ।

नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काको अध्यक्ष्तामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा नेल्टाका राष्ट्रिय अध्यक्ष मोतिकला सुब्बा देवानले बाँके नेल्टाले देशकै नमुना शाखाको रुपमा काम गरिरहेकाले विषेश धन्यबाद दिनुभयोे ।

जिल्लाका सबै निकायका शिक्षा शाखा प्रमुखहरुलाइ अतिथिको रुपमा निम्ताइएको कर्यक्रममा कोहलपुर नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले नेल्टाले गरेका कार्यक्रमले सरकारलाइ नै सहयोग पुग्ने गतिविधिहरु गरेकाले नगर शिक्षाले पुर्ण सहयोग गरिरहेको र गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा प्रमुख गाेरख बहादुर थापाले शुभकामना दिदै स्थानीय तहमा अनलाइन शिक्षा कक्षा सञ्चालन गर्न समेत नेल्टासंग सहकार्य गर्ने बताउनुभयो । त्यस्तै सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बाँकेका अध्यक्ष बाबुराम अधिकारीले नेल्टाले गरेका यस तालिमले यो महामारीको बेला शिक्षकलाइ धेरै उपयोगी हुने र सोसन बाँकेको समेत सहकार्य र सहयोग रहने बताउनुभयो ।

जुम एप्सबाट प्रमेद सुवेदीले स्वागत मन्तव्य तालिम अगाडी बढेको उद्घाटन कार्यक्रम नेल्टा बाँकेका उपाध्यक्ष टर्क बहादुर खत्रीले सञ्चालन गर्नुभएको थियो । उद्घाटन सत्रपछि आइतबारै मध्यपश्चिम विश्वविधालयका उप–प्राध्यामपक यदु प्रसाद ज्ञवाली र नेल्टा कपिलबस्तुका गोबिन्द राज पोख्रेलले दुई वटा सेसन तालिम सञ्चालन गर्नुभएको थियो ।

१०० जना शिक्षकको सहभागीता रहेको तालिम दिनको २ देखि ५ बजेसम्म सञ्चालन हुने र जुनसुकै विषयका शिक्षक लाभान्वित हुने नेल्टा बाँकेका अध्यक्ष खड्काले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here