निबन्ध प्रतियोगितामा कोहलपुरकी जानुका प्रथम

0

नेपालगञ्ज-

नेपालगञ्ज जेसीज र नमस्ते बाँके फेसबुक ग्रुपको संयुक्त आयोजनामा संचालन गरिएको निबन्ध प्रतियोगितामा कोहलपुरकी जानुका सिम्खडा पूथम हुनुभएको छ ।

कोरोनाले निम्ताएको आर्थिक समाजिक राजनीतिक तथा मनोबैज्ञानिक असरहरु र न्यूनीकरणका उपाय विषयक निबन्ध प्रतियोगितामा नेपालगञ्जकी जास्मिन शाह दोस्रो, स्याङ्जा निवासी लक्ष्मी लामिछाने तेस्रो हुन सफल हुनुभयो भने गौरी रिजालले सर्वोत्कृष्ट लेखको उपाधि प्राप्त गर्न सफल हुनुभएको छ ।

नेपालगञ्ज जेसीज वर्ष २०२० का अध्यक्ष प्रज्वल श्रेष्ठका अनुसार अत्याधिक भोट र निर्णायकको अंकका आधारमा प्रथम, दोस्रो, तेस्रो र सर्वोत्कृष्ट घोषणा गरिएको हो । जेठ १३ गतेदेखि २१ सम्म संचालन भएको प्रतियोगितामा ७ महिला र २ पुरुष सहभागि हुनुभएको थियो ।

विजेताहरूले उपहार र मायाको चिनो र सम्मान पत्र प्रदान प्राप्त गर्ने छन् भने नेपालगन्ज जेसिजले विशेष कार्यक्रम गरेर प्रदान गर्ने जनाएको छ ।

त्यस्तै प्रतियोगितामा रेडियो बागेश्वरी एफ एम, कालिका एफ एम, निल खबर, न्यु नेपाल बिज्ञापन सेवा मिडिया पार्टनर, नयाँ बोली डट कम भोटिङ पार्टनर तथा डन टेक एशोशिएसन प्राविधिक सहयोगी र फ्यामिलि कलेक्सन घरबारीटोलले पुरस्कारको व्यवस्था गरेको थियो । सहयोगी सबैलाई आयोजकले धन्यवाद प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here