बाँकेमा अब दिन अनुसार व्यवसाय संचालन गर्न दिईने, हेर्नुस कुन व्यवसाय कुन दिन खाेल्न पाउने

0

नेपालगन्ज

बाँकेमा अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खाेल्न दिईने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेकाे सर्वदलीय बैठकले दिन ताेकेर विभिन्न पसल, व्यवसाय खाेल्न दिने निर्णय गरेकाे हाे ।

निर्णय भए अनुसार बुधबार नै एक सूचना जारी गरि बिबिध प्रकारको व्यवसायलाई दिन ताेकेकाे जनाएकाे छ । सूचना अनुसार नै  अाईतबार र बुधबार माेबाईल/एलेक्ट्राेनिक, स्टेशनरी/पुस्तक पसल, फाेटाे स्टुडियो, छापाखाना, फर्निचर र भाँडा पसल खाेल्न दिने निर्णय भएकाे छ ।

त्यस्तै साेमबार र बिहिवार कपडा, फेन्सी, जुत्ता पसल, कास्मेटिक, चस्मा र गरगहना पसल खाेल्न दिईने, मंगलबार र शुक्रबार अटाे माेबाईल, काेल्ड सटाेर, जुस, माेटरसाईकल/ साईकल र अन्य पसल खाेल्न दिईने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

र अाैषधी पसल, दैनिक उपभाेग्य सामाग्री, निर्माण सामाग्री, मलखाद र बिउबीजन दैनिक रूपमा खुल्ने भएकाे छ । बार अनुसार र दैनिक रूपमा व्यवसाय खाेल्न दिने समय भने यसअघिकै समय बिहान ११ देखि दिउँसाे ३ बजेसम्म रहेकाे छ ।

यस्तै बैंकहरू दैनिक रूपमा खुल्ने भएका छन् । यी कुराहरू गर्दा २ मिटरकाे दुरी कायम गरि मास्क र स्यानिटाईजर अनिवार्य प्याेग गर्नुपर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here