सगरमाथा फ्रेस एण्ड पोल्ट्री सप्लायर्सलाई २० हजार जरिवाना

0

नेपालगञ्ज-
नेपालगञ्जस्थित सगरमाथा फ्रेस एण्ड पोल्ट्री सप्लायर्सलाई वाणिज्य कार्यालयले २० हजार जरिवाना गराएको छ ।

बुधबार भएको नियमित बजार अनुगमनका क्रममा पोल्ट्री फर्मले खरिद बिक्री बिल नराखेको पाइएपछि कारवाही स्वरुप २० हजार जरिवाना गराएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (क) बमोजिम तत्काल जरिवाना गराई कारवाही गरिएको छ ।

साथै अनुगमन टोलीले आठ हजार पाँच सय रुपैया बराबरको खान अयोग्य भेटिएको २५ केजी कुखुराको मासु समेत नष्ट गरेको छ । यस्तै धम्बोझीस्थित हाम्रो फ्रेस हाउस लगायत मासु पसलहरुमा सरसफाई र स्वच्छता कायम गर्न, मुल्य बृद्धि नगर्न, आवश्यक मापदण्ड पुरा गरी मात्र गुणस्तरीय मासुको बेचबिखन गर्न निर्देशन दिइएको सूचना अधिकारी चौलागाईले जानकारी दिनुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिशचन्र्द शर्मा, वाणिज्य कार्यालयका निमित्त प्रमुख एव निरिक्षण अधिकृत कृष्ण प्रसाद पौड्याल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका निरिक्षण अधिकृत नेत्रा बोगटी, नेपालगञ्ज उपमहानगरपालिकाका बिमल गुरुङ, लक्ष्मी शाही, भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका भोजराज रावल, उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौताम लगायतको टोलीले लकडाउनका समयमा अत्यावश्यक बस्तुहरुको अभाव हुन नदिन र उपभोक्तलाई ठगिबाट बचाउन जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here