Tuesday, April 20, 2021
Home slide अहिलेसम्मकै बढि एकै दिन २८८ जना कोरोना संक्रमित थपिए

अहिलेसम्मकै बढि एकै दिन २८८ जना कोरोना संक्रमित थपिए

काठमाण्डौं-

अहिलेसम्मकै बढि एकै दिन नेपालमा मंगलबार २८८ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिनुभयो ।

यसमध्ये बाँकेमा भने राप्तीसोनारी गाउँपालिकाका १४ जना, नरैनापुर गाउँपालिकाका २ जना र खजुरा गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमित संख्या २०९९ पुगेको छ। तीमध्ये २६६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढेको प्रवक्ता देवकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले देशभरि १ लाख ४५ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा रहेको जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

वीरगञ्ज, ३० चैत्र । संसद्मा पुन: वैवाहिक अङ्गिकृत र जन्मसिद्ध नागरिकताको विषय उठेको छ । नेपालमा विवाह गरेर आउँने विदेशी महिला र जन्मसिद्ध नागरिकका...

मेरो पहिलो रजस्वला

सर्वप्रथम यो ब्लग पढिरहनुभएका तमाम महिला दिदीबहिनीहरुलाई मेरो एउटा प्रश्न छ- के हामी महिनावारी हुँदा आफ्नो सुत्ने कोठा, भान्सा या कुनै मन्दिरभित्र छिर्छौं? या...

रिसका ५ किसिम र नियन्त्रण गर्ने तरिका

रिस ज्यादै शक्तिशाली भाव हो। मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका...

बाँके प्रशासनमा एसीसहितको ‘सेवाग्राही कक्ष’ स्थापना

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका...

Recent Comments