रूकुम पश्चिम घटनामा दोषीलाई कारवाहीको माग गर्दै शान्ति समाज बाँकेद्धारा प्रदर्शन

0

नेपालगन्ज

मानव अधिकार तथा शान्ति समाज बाँके शाखा नेपालगंजले सामाजिक दूरी कायम राख्दै रुकुम पश्चिममा घटेको घटनाको सत्य तथ्य छानबिनको माग गर्दै प्रदर्शन गरेको छ ।

नेपालगञ्जको त्रिभुवन चोकमा प्लेकार्डहित गरेको प्रदर्शनमा समाजले संसदीय समिति गठन गर्न, दोषीमाथि कानूनी कारवाही गर्नुपर्ने, पिडितलाई न्याय र पिडकलाई सजाय, जातीय बिभेद अन्त्य गर्न तथा मानव अधिकारको सम्मान गर्न माँग गरेको हो ।

प्रदर्शनमा समाज बाँके शाखाका सभापति कृष्णा देवी पाण्डे, सचिव बिष्णु लाल कुमाल, सदस्य एवं अधिवक्ता बिश्वजीत तिवारी र सदस्यहरु घनश्याम कुमार वैश्य, सदस्य रमेश चन्द्र कुमाल, अल्पना कुमारी वैश्य, चन्दा सिंह लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here