Monday, April 19, 2021
Home slide दैलेखमा क्वारेन्टाइनमा मृत्यु भएका युवाको पीसीआर रिपोर्ट पोजिटिभ

दैलेखमा क्वारेन्टाइनमा मृत्यु भएका युवाको पीसीआर रिपोर्ट पोजिटिभ

नेपालगञ्ज-

शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मी नारायण तिवारीले मृतक युवाको पीसीआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गर्नुभएको हो ।

भारतको गुजरातबाट १० दिन अघि फर्किएका ३५ वर्षीय युवक दुल्लु नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । उनको शनिबार बिहान चिया खाइसकेपछि मृत्यु भएको दुल्लुका मेयर घनश्याम भण्डारीले बताउनुभयो ।

उनी बसेकै क्वारेन्टाइनमा ७९ जनासँगै बसेका छन् । कर्णाली प्रदेशमा कोरोनाका कारण यो पहिलो मृत्यु हो । नेपालमा कोरोनाकै कारण यसअघि नै छ जनाको मृत्यु भइसकेको छ । उनीसहित मृतकको संख्या सात पुगेको छ । अन्नपुर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

वीरगञ्ज, ३० चैत्र । संसद्मा पुन: वैवाहिक अङ्गिकृत र जन्मसिद्ध नागरिकताको विषय उठेको छ । नेपालमा विवाह गरेर आउँने विदेशी महिला र जन्मसिद्ध नागरिकका...

मेरो पहिलो रजस्वला

सर्वप्रथम यो ब्लग पढिरहनुभएका तमाम महिला दिदीबहिनीहरुलाई मेरो एउटा प्रश्न छ- के हामी महिनावारी हुँदा आफ्नो सुत्ने कोठा, भान्सा या कुनै मन्दिरभित्र छिर्छौं? या...

रिसका ५ किसिम र नियन्त्रण गर्ने तरिका

रिस ज्यादै शक्तिशाली भाव हो। मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका...

बाँके प्रशासनमा एसीसहितको ‘सेवाग्राही कक्ष’ स्थापना

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका...

Recent Comments