Tuesday, April 20, 2021
Home slide सोती घटनामा थप ६ पक्राउ, दुई जना अझै बेपत्ता

सोती घटनामा थप ६ पक्राउ, दुई जना अझै बेपत्ता

 

रुकुम पश्चिम-

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा गत शनिबार भएको घटनामा संलग्न रहेको आरोपमा बिहीबार प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ ।

पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएका छन् । यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जाहेरीमा उल्लेख भएका थप दुई जनाको खोजी भइरहेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठकबहादुर केसीले बताउनुभयो ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८ का ४२ वर्षीय इन्द्रबहादुर मल्ल, १९ वर्षीय दीपेन्द्र चन्द, ३५ वर्षीय तिलक चन्द, ४६ वर्षीय हर्कबहादुर मल्ल, ४५ वर्षीय लिपेन्द्र मल्ल र २० वर्षीय रहेका छन् । घट्नामा चार जनाको ज्यान गइसकेको छ ।

चौरजहारी–८ सोतीगाउँकी किशोरीलाई विवाह गर्न भनि जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र उनीसँगै १८ जनाको समूहमा आएकाहरूलाई गाउँलेले आक्रमण गर्दै लखेटेका थिए ।

आक्रमणपछि भाग्ने क्रममा वेपत्ता भएका ६ जनामध्ये नवराज विक, भेरी नगरपालिका– ४ रानागाउँका गणेश बुढा, चौरजहारी– १ का टीकाराम सुनार र भेरी नगरपालिका–११ जाजरकोटका लोकेन्द्र सुनारको भेरी नदीमा शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् ।

बेपत्ता भएका भेरी नगरपालिका–४ का १८ वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीको भेरी नदीमा खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको नेपाञ्न्जबाट आएको तालिमप्राप्त गोताखोरको टोली परिचालन भएको छ । नयाँपत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

वीरगञ्ज, ३० चैत्र । संसद्मा पुन: वैवाहिक अङ्गिकृत र जन्मसिद्ध नागरिकताको विषय उठेको छ । नेपालमा विवाह गरेर आउँने विदेशी महिला र जन्मसिद्ध नागरिकका...

मेरो पहिलो रजस्वला

सर्वप्रथम यो ब्लग पढिरहनुभएका तमाम महिला दिदीबहिनीहरुलाई मेरो एउटा प्रश्न छ- के हामी महिनावारी हुँदा आफ्नो सुत्ने कोठा, भान्सा या कुनै मन्दिरभित्र छिर्छौं? या...

रिसका ५ किसिम र नियन्त्रण गर्ने तरिका

रिस ज्यादै शक्तिशाली भाव हो। मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका...

बाँके प्रशासनमा एसीसहितको ‘सेवाग्राही कक्ष’ स्थापना

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका...

Recent Comments