Tuesday, April 20, 2021
Home slide बाँकेमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८८६

बाँकेमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८८६

नेपालगञ्ज-
बाँकेमा १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा थप १६ जना नयाँ कोरोना संक्रमित भेटिएका हुन ।

नयाँ संक्रमितहरुमा बाँकेको डुडुवा गाउँपालिकाका २ जना २१ र ३० वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिकाका ७ जना १९ देखि ४० वर्षीय पुरुष, बैजनाथ गाउँपालिकाका ६ जना २४ देखि ४६ वर्षीय पुरुष र खजुरा गाउँपालिकाका १ जना २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिनुभयो ।

बाँकेसहित बुधबार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरु बाँकेसहित रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । तीमध्ये १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ। संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरु हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

वीरगञ्ज, ३० चैत्र । संसद्मा पुन: वैवाहिक अङ्गिकृत र जन्मसिद्ध नागरिकताको विषय उठेको छ । नेपालमा विवाह गरेर आउँने विदेशी महिला र जन्मसिद्ध नागरिकका...

मेरो पहिलो रजस्वला

सर्वप्रथम यो ब्लग पढिरहनुभएका तमाम महिला दिदीबहिनीहरुलाई मेरो एउटा प्रश्न छ- के हामी महिनावारी हुँदा आफ्नो सुत्ने कोठा, भान्सा या कुनै मन्दिरभित्र छिर्छौं? या...

रिसका ५ किसिम र नियन्त्रण गर्ने तरिका

रिस ज्यादै शक्तिशाली भाव हो। मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका...

बाँके प्रशासनमा एसीसहितको ‘सेवाग्राही कक्ष’ स्थापना

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका...

Recent Comments