Sunday, March 7, 2021
Home slide बाँकेमा रेडियो स्कुल शिक्षा कार्यक्रम प्रभावकारी देखिँदै, करिब एक लाख बिद्यार्थी लाभान्वित

बाँकेमा रेडियो स्कुल शिक्षा कार्यक्रम प्रभावकारी देखिँदै, करिब एक लाख बिद्यार्थी लाभान्वित

 

भिष्म लोध, 

नेपालगञ्ज-
बाँकेमा एक महिनादेखि रेडियो स्कुल नमूना कक्षा शिक्षा कार्यक्रममार्फत बिद्यार्थीहरु घरमै बसेर अध्ययन गरिरहेका छन् ।

कोरोना भाइरसको जोखिम बढेपछि संचालन गरिएको नमुना कक्षा शिक्षा कार्यक्रमले बिद्यालय खुल्न नसक्दा रोकिएको पढाईलाई रेडियोमार्फत भइरहेको कक्षाले घरमै बसेर शुचारु गर्न सहज बनाएको छ ।

कोरोनाका कारण लामो समयसम्म पठन पाठन रोकिएकाले रेडियो स्कुल नमूना कक्षा शिक्षा समन्वय समिति निर्माण गरी विद्यार्थीका लागि स्थानीय एफएम रेडियोबाट स्कुल नमूना कक्षा शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

एक कक्षादेखि मा.वि सम्मका बिद्यार्थीका लागि संचालन गरिएको नमूना कक्षाले सबैतहका बिद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहयोग पु¥याएको सरस्वती माबि नेपालगञ्ज ९ कक्षामा अध्ययनरत सन्ध्या बर्मा बताउँछिन् । उनी भन्छिन्, बिद्यालय जान नपाउँदा रोकिएको अध्ययनभन्दा घरमै बसेर केही अध्ययनमा रेडियो कार्यक्रमले सहयोग पुगेको छ ।

रेडियोबाट कक्षा सञ्चालन भएपछि आफूहरु रेडियो सुनेर पढिरहेको मंगल प्रसाद माबिबाट माध्यमिक शिक्षा परीक्षा दिन तयार भएककी छात्रा मनिषा चौधरी बताउँछिन् । उनी भन्छिन्, घरमै भएको अवस्था छ र यो बेला रेडियोबाट अध्ययन गर्न सजिलो भएको छ । रेडियोबाट प्रशारण भएको कार्यक्रमलाई सामाजिक संजाल फेसबुकमार्फत समेत प्रशारण हुने गर्छ ।

लकडाउनका कारण रेडियोमार्फत संचालन गरिएको कक्षा शिक्षा प्रभावकारी रहेको बैजनाथस्थित प्रभात माबि जि गाउँँका माबि तहका सामाजिक शिक्षक बाबुराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार सामाजिक मार्फत समेत प्रशारण हुने कार्यक्रमलाई रेकार्ड गर्न सकिने भएकाले बिद्यार्थीलाई अध्ययन गर्न सबैभन्दा सजिलो अहिले रेडियो साबित भएको छ ।

पढ्ने बानी हराउन थालेको बेला रेडियोबाट कक्षा सञ्चालन हुँदा विद्यार्थीहरुलाई पढाईप्रति उत्प्रेरित गरेको नेपाल शिक्षक महासंघ, नगर कार्यसमितिका अध्यक्ष मनोराजा श्रीवास्तवले जानकारी दिनुभयो ।

लकडाउन लम्बिदै गएपछि घरमै बसेका बच्चालाई केन्द्रीत गरी गत बैशाख १४ गतेबाट शुरु भएको कार्यक्रमले बिद्यार्थीहरुमा सहयोग पुगेको प्रतिक्रिया पाइएको महासंघ नगरका अध्यक्ष श्रीवास्तवले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमको प्रभाव राम्रो परेकाले नमूना कक्षालाई अंग्रेजी मिडियमबाट पनि चलाउन अनुरोध आइरहेको छ ।

कोरोना भाइरसको प्रकोपका कारण नेपालमा चैत्र १० गतेबाट सामुदायिक तथा नीजी बिद्यालयहरु संचालन हुन सकेका छैनन् । बिद्यालय बन्द भएपछि बिद्यार्थीहर्रु अध्ययन गर्न पाउने अवसरबाट बन्चित जस्तै भएका छन् । उद्यपि पढ्नमा तेज भएका बिद्यार्थीहरुले बिभिन्न माध्यमबाट पढिरहेका छन् । तर सबैले जान्ने बिद्यार्थीहरु जस्तै सजिलै पढ्न भने भएका छैन्न ।

बिद्यार्थीहरुको पढाई अबरुद्ध भएका कारण अध्ययन गर्ने क्रम नरोकियोस भनेर रेडियो स्कुल नमूना कक्षा शिक्षा कार्यक्रम शुरु गरिएको समितिका सदस्य एव नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले बताउनुभयो । रेडियोमार्फत कक्षा संचालन भएको करिब एक महिनाको अवधिमा राम्रै प्रतिक्रिया आइरहेको उहाँ बताउनुहुन्छ ।

अझै पनि बिद्यालय कहिले खुल्ने भन्ने टुङ्गो छैन, उपमेयर थापाले भन्नुभयो, त्यसकारण रेडियो शिक्षा कार्यक्रममा जोडिन अनुरोध पनि गरेका छौं । त्यस्तै नीजी बिद्यालयका बिद्यार्थीहरुले पनि रेडियो कक्षामार्फत अध्ययन गरिरहेको पाएका छौं । र यसलाई अझ बिस्तार गर्न सकिए जिल्लाका सबै बिद्यार्थीलाई फाइदा पुग्नेतर्फ ध्यान दिन जरुरी छ ।

बिद्यालय बन्द भएकाले घरमा भएका धेरैजसो बालबालिका बढिरहेको अवस्था छ । पढिरहेका र अध्ययनमा समस्या आउने बालबालिकाले रेडियो सुनेको खण्डमा उनीहरुलाई मदत पुगेको बाँकेका शिक्षा विकास तथा समन्वय एकाई प्रमुख राम सुरेस यादवले बताउनुभयो । रेडियो सुन्नेलाई कार्यक्रमले अध्ययनमा सहजता प्रदान गरेको छ, त्यसकारण सन्तोष राख्ने ठाउँ छ, समन्वय एकाई प्रमुख यादवले भन्नुभयो, घरमै पढनका साथै अभ्यास गर्न पनि बिद्यार्थीलाई सजिलो भएको छ । जिल्लाका करिब एक लाख बिद्यार्थी कार्यक्रमबाट लाभान्वित भएका छन् ।

नेपालगञ्जस्थित रेडियो कृष्णसार एफएमबाट साताको पाँच दिन नमूना कक्षा कार्यक्रम संचालन गरिएको छ । नमूना कक्षामा प्रबिदेखि माबि तहसम्म आइतबारदेखि बिहिबारसम्म नेपाली, अनिवार्य अंग्रेजी, बिज्ञान, गणित र सामाजिक बिषयका कक्षा संचालन भइरहेको छ ।

साँझ ३ बजेदेखि ४० सम्म प्राबि, ३ः४० देखि ४ः२० सम्म आधारभूत तह र ४ः२० देखि ५ बजेसम्म माबि तहका बिभिन्नि बिषय शिक्षकहरुले कक्षा रेडियो कक्षा लिइरहेका छन् । कक्षा संचालनका लागि प्रत्येक दिन तीन जना शिक्षकहरुको उपस्थित हुने गरेका छन् ।

देश लकडाउनको अवस्थामा १ कक्षादेखि १० सम्मका बालबालिकाहरूले रेडियो स्कुल कार्यक्रममार्फत् सुरक्षित रुपमा घरमै बसेर अध्ययन गर्न अवसर प्रदान गर्ने उद्देयले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाँउपालिका, बैजनाथ गाउँपालिका र जानकी गाँउपालिका, शिक्षक संघ संगठन, सेभ द चिल्ड्रेन, प्लान ईन्टरनेशनल, सामाजिक सचेतन सरोकार मञ्च आदि संघ संस्थाहरुको आर्थिक र प्राविधिक सहयोग कार्यक्रम संचालन गरिएको कार्यक्रम संचालनमा नेतृत्व गरिरहेको सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा २०७६ मा आठ हजार छ सयको हाराहारीमा माध्यमिक शिक्षा परीक्षा दिने बिद्यार्थीहरु छन् । लकडाउनका कारण उनीहरुले परीक्षा दिन पाएका छैनन् । त्यस्तै जिल्लामा सामुदायिक तथा नीजि बिद्यालयका गरी करिब एक लाख पचास हजार बिद्यार्थीहरु अहिले बिद्यालय जान पाएका छैनन् । सरकारले लकडाउन अन्त्य भएपछि मात्रै परिक्षा सञ्चालन हुने बताएको छ । घरमा रहदा पनि पढ्ने, लेख्ने कुरालाई निरन्तरता भने दिन सकिन्छ ।

1 COMMENT

  1. मलाइ पनि राम्रो लाग्यो । मेरो छोरी अब कक्षा ६ र छोराको कक्षा २ मा जादैछ्न । समर्पक ब्यक्ती को हो । कृपया मोबाइल नम्बर पाउ है ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मेरो पहिलो रजस्वला

सर्वप्रथम यो ब्लग पढिरहनुभएका तमाम महिला दिदीबहिनीहरुलाई मेरो एउटा प्रश्न छ- के हामी महिनावारी हुँदा आफ्नो सुत्ने कोठा, भान्सा या कुनै मन्दिरभित्र छिर्छौं? या...

रिसका ५ किसिम र नियन्त्रण गर्ने तरिका

रिस ज्यादै शक्तिशाली भाव हो। मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका...

बाँके प्रशासनमा एसीसहितको ‘सेवाग्राही कक्ष’ स्थापना

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका...

आफ्नै श्रीमतीका लागि किम जोङले बनाएका डरलाग्दा नियमहरु

उत्तर कोरियाली शासक किम जोङ उन विश्वमै शक्तिशाली आणविक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत बारम्बार क्षेप्यास्त्र परीक्षण गरेर चुनौति दिँदै आएका...

Recent Comments