Monday, April 19, 2021
Home slide बाँकेमा थप २७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५ सय ८४...

बाँकेमा थप २७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुग्यो

नेपालगञ्ज-

बाँकेमा शनिबार थप २७ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुष्टि अनुसार बाँकेका २७ जनासहित जम्म ३६ जना थप आज नयाँ संक्रमित भेटिएका छन् ।

मन्त्रालयको अनुसार बाँकेको नरैनापुर वडा नं–६ का ६ जना, वडा नं–३ गोगलीका १५ जना, वडा नं–१ का महतिनियाका ६ जना गरी नयाँ २७ जना छन् । त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका वडा नं–७ का १ जना, बैतडीमा ४, झापामा १, सुर्खेतमा ३ जनासहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

यो सहित नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । त्यस्तै हालसम्म नेपालमा ७० जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

वीरगञ्ज, ३० चैत्र । संसद्मा पुन: वैवाहिक अङ्गिकृत र जन्मसिद्ध नागरिकताको विषय उठेको छ । नेपालमा विवाह गरेर आउँने विदेशी महिला र जन्मसिद्ध नागरिकका...

मेरो पहिलो रजस्वला

सर्वप्रथम यो ब्लग पढिरहनुभएका तमाम महिला दिदीबहिनीहरुलाई मेरो एउटा प्रश्न छ- के हामी महिनावारी हुँदा आफ्नो सुत्ने कोठा, भान्सा या कुनै मन्दिरभित्र छिर्छौं? या...

रिसका ५ किसिम र नियन्त्रण गर्ने तरिका

रिस ज्यादै शक्तिशाली भाव हो। मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका...

बाँके प्रशासनमा एसीसहितको ‘सेवाग्राही कक्ष’ स्थापना

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका...

Recent Comments