Tuesday, April 20, 2021
Home slide कर्णालीमा विपन्‍न परिवारका लागि १ सय २९ घर बन्‍ने

कर्णालीमा विपन्‍न परिवारका लागि १ सय २९ घर बन्‍ने

रुकुम पश्चिम-

चालु आर्थिक वर्षमा प्रदेश सरकारले १ सय २९ घर बनाउने भएको छ । जनता आवास कार्यक्रममार्फत विपन्न परिवारका लागि कर्णाली प्रदेश सरकारले घर बनाइदिन लागेको हो ।

जिल्लाका ६ वटै स्थानीय तहमा गरिब तथा विपन्न परिवारका लागि घर बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि पूर्वाधार विकास कार्यालय, चौरजहारीले सम्बन्धित व्यक्तिसँग सम्झौता गरेको हो । जिल्लामा सबैभन्दा बढी घर चौरजहारी र आठबीसकोट नगरपालिकामा बन्नेछन् ।

त्यहाँ २८/२८ घर बन्ने निर्णय भएको छ भने मुसीकोट नगरपालिकामा १८ बन्दैछन् । सानीभेरीमा १९, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा १८/१८ वटा घर लागेको कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा ‘क’ निर्वाचन क्षेत्रमा ६४ र ‘ख’निर्वाचन क्षेत्रमा ६५ आवास बनाउने गरी निर्णय भएको हो ।

आफ्नो नाममा जग्गा भइ आर्थिक अवस्था कमजोर रहेका कारण घर बनाउन नसक्नेका लागि प्रदेश सरकारले जनता आवासमार्फत घर बनाइदिने भएको हो । ३ लाख १० हजार रुपैयाँमा एउटा घर बनाउने गरी निर्णय भएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताउनुभयो ।

चालु आर्थिक वर्षमा जनता आवासका लागि जिल्लामा ४ करोड रुपैयाँ बजेट आएको छ । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले छनोट भएका हरेक परिवारका लागि २ कोठाको घरमा सानो बरन्डा पनि निर्माण हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार एउटा कोठामा भान्सा बनाउने कार्यविधि निर्माण गरिएको छ । यद्यपि व्यक्तिले नै लगानी जुटाउन सके निर्धारित मापदण्ड भन्दा ठूलो घर बनाउन सक्ने प्रदेशसभा सदस्य गोपाल शर्माले बताउनुभयो । उहाँका अनुसार २ महिनामा काम सक्ने गरी काम सञ्चालनको तयारी भइरहेको छ । कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

वीरगञ्ज, ३० चैत्र । संसद्मा पुन: वैवाहिक अङ्गिकृत र जन्मसिद्ध नागरिकताको विषय उठेको छ । नेपालमा विवाह गरेर आउँने विदेशी महिला र जन्मसिद्ध नागरिकका...

मेरो पहिलो रजस्वला

सर्वप्रथम यो ब्लग पढिरहनुभएका तमाम महिला दिदीबहिनीहरुलाई मेरो एउटा प्रश्न छ- के हामी महिनावारी हुँदा आफ्नो सुत्ने कोठा, भान्सा या कुनै मन्दिरभित्र छिर्छौं? या...

रिसका ५ किसिम र नियन्त्रण गर्ने तरिका

रिस ज्यादै शक्तिशाली भाव हो। मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका...

बाँके प्रशासनमा एसीसहितको ‘सेवाग्राही कक्ष’ स्थापना

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका...

Recent Comments