बाँकेको नरैनापुरका थप १२ जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती १०ः१५ बजे जारी गरेको विज्ञप्ती अनुसार थप १२ जनामा संक्रमणको पुस्टि भएको हो ।
यो संगै एकैदिन नरैनापुरमा ५९ जना संक्रमित पुष्टि भएको हो । संक्रमित सबै नरैनापुर गाउँपालिका ५ का निवासी हुन् । यस्तै दैलेख, धनुषा र खोटाङमा पनि नयाँ संक्रमित फेला परेका छन् । यो संगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ ।
बांकेको नरैनापुरमा एकै दिन ४७ जना संक्रमित पुष्टी भएपछि उनीहरुको उपचार गर्ने आईसोलेसन तयार नभएका कारण अहिलेसम्म क्वारेन्टाईनमै आईसोलेट गरी राखिएको छ ।