१०१ वर्ष लागेका सत्यमोहन जोशीको सूत्र- दीर्घ जीवन होइन, सिर्जनात्मक उमेर अर्थपूर्ण

0

संस्कृतिविद् एवम् वाङ्मय पुरुष सत्यमोहन जोशी मंगलबार १०१ औं जन्मोत्सव मनाइरहेका छन्।

एक शताब्दी उमेर पार गरेका जोशी अहिले पनि उत्तिकै सक्रिय छन्। हिंडडुल र सार्वजनिक कार्यक्रममा सहभागिता छुटेको छैन। घरमा भेट्न आउनेहरुलाई समय दिइरहेका हुन्छन्।

जीवित सम्पदाका रूपमा सम्मान गरिने जोशीको सक्रियता र अध्ययनशीलता प्रेरणादायी छ। दीर्घ तथा सक्रिय जीवनको राजबारे सोध्नेहरूलाई उनी आफ्नो अनुभव र जीवनशैली सुनाइरहेका हुन्छन्।

बुधबार बिहानदेखि पश्चिम सन्देशले विभिन्न समयमा पटकपटक टेलिफोन सम्पर्क गर्दा उनको घरको ल्यान्डलाइन फोनले व्यस्त रहेको जनाउ दिइरह्यो। उनी मोबाइल फोन बोक्दैनन्। अन्तत: अपराह्न फोन उठ्यो। टाठो आवाजमा उनले भने, “आज फोन खाली नै छैन, शुभकामना आएको आयै छ।”

आज दिनभर फोनमा शुभकामना लिन र सञ्चारकर्मीलाई अन्तर्वार्ता दिन व्यस्त रहेको उनले सुनाए। “अहिले पनि म शुभकामना दिन आउनेहरुकै बीचमा बसेर कुरा गर्दैछु”, हाँस्दै भने। भतिजीको मोबाइलबाट कुरा गर्दै उनले भेट्न आउनेहरुलाई समय दिनुपर्दा ल्यान्डलाइन फोनमा गएर कुरा गर्न नभ्याएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here